बालजागृतिको सांस्कृतिक कार्यक्रम तथा शैक्षिक प्रदर्शनी

साझाकुरा
२०८१ पुष २९, सोमबार १२:३२

हेटौंडा, २८ पुस÷हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृति ई·लिस सेकेन्डरी स्कूलले आइतबार सांस्कृतिक शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयका वडाअध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले विद्यालयलाई नमूना विद्यालयको रुपमा देशभर चिनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रोत्साहन गर्दै शैक्षिक र सांस्कृतिक गतिविधिमा स्कुललाई अग्रणी बनाउने उद्देश्य हासिल गरेको व्यवस्थापन समिति अध्यक्ष भन्डारीले बताए । कार्यक्रममा प्रमुखअतिथि महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमिल्सिना, प्रबन्धनिर्देशक मोहनप्रसाद शर्मा, वडासदस्य सुजन बर्तौला, ईन्द्रप्रसाद रिजाल, माया परियार, प्रधानाध्यापक विनोद सुवेदी र सहायक प्रधानाध्यापक अमूल श्रेष्ठको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*