बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आठौँ शृंखला
हेटौंडा- मकवानपुरबाट सुरु भएको बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आठौँ शृंखला सर्लाहीमा सम्पन्न भएको छ ।‘बुढ्यौली बिलौना’ शीर्षकमा माध्यमिक तहका विद्यार्थीलाई कवितालेखन तथा वाचन गराइएको कार्यक्रममा सहभागी श्री ५ महेन्द्रजनता मावि कर्मैया, महादेवजनता मावि हरिवन, जनता मावि सोल्टी बजार, जनबालकल्याण मावि धरहरा तथा राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलम् लालबन्दीका गरी सर्लाहीका पाँचओटा विद्यालयका १२ जना विद्यार्थीलाई कापी तथा कलम उपहारस्वरुप दिइएको थियो ।
कार्यक्रममा नियात्राकार रमेशमोहन अधिकारी, बज्जिका अभियन्ता शिवचन्द्र साह, सरिता दाहाल, गंगाबहादुर दाहाल, यादव प्रसाईँ, शंकर झा, श्रीहरि पुडासैनी, डिल्लीरमण भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । हरिकृष्ण काफ्ले, रामचन्द्र पौडेल, कुमार दाहाल कुसुम, प्रेम घिमिरे, रामचन्द्र कुशवाहा, विन्दा सहनी, रामप्रसाद अधिकारी, राजेश्वरी काफ्ले, मीना देवकोटा, उत्तम दाहाल, सीता पन्थी, हरिकृष्ण बराल, प्रदीप धनञ्जय, जीवन आचार्य, अर्चना काफ्ले लुइँटेल, कविराज सुवेदी, अर्जुन थापा, केदार सिग्देल, नित्यानन्द कँडेल, लक्ष्मण पौडेललगायतले कविता, मुक्तक, गजल तथा चारुवाचन गरेका थिए ।
कार्यक्रमका मुख्य प्रायोजक केशवबहादुर दाहाललाई सम्मान गरिएको कार्यक्रममा बुसास रौतहट–सर्लाहीका सदस्य घनश्याम पन्तले उद्घोषण, सुमित्रा आचार्यले स्वागत तथा संस्थाका अध्यक्ष लम्बोदर काफ्लेले सभाध्यक्षता गरेका थिए । संस्मरणकार तथा कवि डा.शालिग्राम शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम श्री ५ महेन्द्रजनता माध्यमिक विद्यालय कर्मैया, वागमती–११ मा भएको थियो ।