हेटौंडा–१२ बालमैत्री वडा घोषित

साझाकुरा
२०८१ माघ ३, बिहीबार १३:११

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१२, नम्बर वडालाई बुधबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।हेटौंडा–१२, का वडाध्यक्ष अर्जुन तिवारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुखको आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले बालमैत्री अभियान सफलरुपमा अघि बढिरहेको जानकारी दिइन् । वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने उनको भनाई छ । बालश्रम र बालविवाह न्यूनीकरण गर्न अभियानको रुपमा अघि बढाइएको नगरप्रमुख लामाले बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याएको भन्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, माइती नेपाल मकवानपुर, मामाघर नेपाललगायत संघसंस्थालाई प्रसंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बालसमूहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

हेटौंडा–१२, सिग्रेनी सोल्टीचोकबाट ¥याली गर्दै बुद्ध माध्यमिक विद्यालयमा पुगेर कार्यक्रम आयोजना गरिएको थियो । वडाध्यक्ष तिवारीको स्वास्थ्यमा समस्या आएका कारण कार्यक्रममा वडाको प्रतिवेदन वडासदस्य महेश भट्टराईले प्रस्तुत गरेका थिए । ४७ वटा सूचकमा सतप्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम नतिजा हासिलसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको जानकारी दिए ।

बालअधिकारका चारक्षेत्रको ३६ र संस्थागत विकासको १५ प्रतिशत गरी बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा पूरा भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । घरधुरी तथ्यांक संकलन सर्वेक्षण २०७९ अनुसार हेटौंडा–१२ मा कुल २ हजार २ सय ३६ घरधुरी रहेको वडासदस्य भट्टराईको भनाइ छ । वडामा १८ वर्ष मुनिका बालबालिका ३ हजार ७८ जना रहेको भट्टराईले बताए । जसमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका रहेका छन् । वडामासामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय सञ्चालनमा रहेको छ । २२ वटा बालसमूह र १ वडास्तरीय बालसञ्जाल रहेका छन् । जसमा ५५० जना बालबालिका आवद्ध रहेको भट्टराईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*