लटारम्भेस्वरमा पनि माघेसंक्रान्ति मेला भर्नेको घुँइचो

साझाकुरा
२०८१ माघ ४, शुक्रबार १२:२४

हेटौंडा- भीमफेदी गाउँपालिका–८ स्थित लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला यस वर्ष पनि भव्यरुपमा सम्पन्न भएको छ । भीमफेदी गाउँपालिकाको अगुवाइमा स्थानीय सा·ेशान्ति युवा क्लबको आयोजनामा मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सीमानामा पर्ने महादेवटारको डब्लुडाँडामा रहेको लटारम्भेश्वर मन्दिरमा मेला भएको हो । क्लबका अध्यक्ष विशम भोलनलामाको सभाअध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा ८ नम्बर वडाअध्यक्ष विष्णुबहादुर लामाको विशेष आतिथ्यता रहेको थियो ।

गाउँपालिका अध्यक्ष लामाले उपस्थित श्रद्धालु भक्तजनलाई स्वागत गर्दै लटारम्भेश्वर मन्दिरलाई भीमफेदी गाउँपालिकाले प्रमुख धार्मिक केन्द्रकारुपमा राखेर संरक्षण र प्रचारप्रसारमा लागेको बताए । उनले धार्मिकग्रन्थअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर हिँड्दा यस पवित्रस्थलमा आइपुग्दा सतीदेवीको लट्टा पतन भएर लटारम्भेश्वर महादेवको उत्पत्ति भएको किंवदन्ती रहेको बताउँदै अब यस लटारम्भेश्वर मन्दिरलाई देशकै उत्कृष्ट धार्मिकक्षेत्रको रुपमा लैजान आफूले काम गर्ने बताए ।उनले आफू गाउँपालिका अध्यक्ष नहुँदासम्म यसक्षेत्रमा आउन धेरै कठिन, घाँसको जरामा टेकेर आउनुपर्ने अहिले बाटो, खानेपानी, बिजुलीलगायत मन्दिरको संरक्षणमा अतुलनीय काम भएको बताए । ‘तपाईंहरु आफैंले देख्नुभएको छ’ भन्दै उपस्थित भक्तजनलाई स्वागत गरे ।

लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष बैशाख १ गते र माघ १ गते भव्यरुपमा मेला लाग्ने गर्दछ । मेला हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, मकवानपुरदेखिका भक्तजन करिब ५ हजार जतिको उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष लामाले बताए । मेलालाई इलाका प्रहरी कार्यालय ठिंगनले सुरक्षा प्रदान गरेको थियो । मेलाको लागि मन्दिरलाई र·ीच·ी बनाएर झिलिमिली सहित सजावट गरिएको थियो । अध्यक्ष लामाले भने लटारम्भेश्वर मन्दिर जानको लागि हेटौंडाबाट चौघडा, चुचेखोला, ठिंगन हुँदै जान सकिन्छ भने काठमाडौंबाट सातदोबाटो, चापागाउँ, टीकाभैरव, छबेली, बगुवा हुँदै महादेवटारबाट पनि जान सकिन्छ ।

भक्तजनको लागि स्थानीय युवाले स्थानीय उत्पादनमा रहेर गाँस, बास र कपासको पनि राम्रो व्यवस्था गरेको थियो । मन्दिरसम्म पुग्नको लागि काठमाडौंबाट र हेटौंडाबाट लगभग बराबरको दूरी रहेको छ । दुवैतर्फ काठमाडौंबाट र हेटौंडाबाट कान्तिराजपथ हुँदै करिब ५० किलोमिटरको दूरी पार गरेपछि लटारम्भेश्वर मन्दिर पुग्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*