समुदायस्तरमा कानुनीशिक्षा हेटौंडा–१२ र १३ मा
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ र १३ मा रहेका टोल विकास संस्था एवम् अन्य संघसंस्थाका पदाधिकारी, सदस्यको लागि समुदायस्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रम टोल विकास संस्था नगरसमन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा भएको हो । कार्यक्रम नगरसमन्वय समितिका अध्यक्ष ध्रुुवप्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा वडा नम्बर १३ का वडाअध्यक्ष पेम्बा लामाको विशेष आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् नगरसमन्वय समिति सल्लाहकार ज्ञानबहादुर थापा, टोल विकास संस्था नगरसमन्वय समितिका उपाध्यक्ष विष्णु ढुंगाना, मेलमिलाप केन्द्रका संयोजक एवम् नगरसमन्वय समितिका सदस्य यदुवंश खतिवडा, नगरसमन्वय समितिका सदस्य रामबहादुर वाईबा, नगरसमन्वय समितिका सदस्य एवम् १३ नं वडा समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका कानूनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गरेका थिए ।े