आठबुँदे घोषणापत्र जारी गर्दै सकियो चौतारीको प्रदेश बैठक

साझाकुरा
२०८१ माघ ७, सोमबार ११:११

हेटौंडा- ‘समृद्धिको लागि सञ्चारकर्म, प्रेस चौतारीको मूलमर्म’ भन्ने नाराकासाथ श्रमजीवी पत्रकारको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्णबैठक शनिबार मौलाकालिकामा सम्पन्न भएको छ । बैठकले आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गरेको छ ।पर्यटकीय एवम् धार्मिक क्षेत्र मौलाकालिकामा कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरा लामाको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

जारी घोषणापत्रमा श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक, विदा, औषधिउपचार, बीमा, उत्पदान लगायत सामाजिकसुरक्षाको ग्यारेन्टीको माग गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न यो बैठक माग गर्दछ ।’

स्वरोजगाार मिडियाको संरक्षण र प्रबद्र्धनका लागि विशेष जोड दिँदै घोषणापत्रमा अगाडि भनिएको छ, ‘स्वरोजगार मिडियाको संरक्षण प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीयस्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाइन सञ्चारमाध्यलाई पनि वैज्ञानिक ढंगले बर्गीकरण गरी लोककल्याणकारी विज्ञापनसहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न बैठकले जोडदार माग गर्दछ ।’ स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता र नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन बैठकले माग गरेको छ ।

गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारलाई मतदान गर्ने सम्पूर्ण सदस्यलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई ज्ञापन गरिएको छ ।

प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारको हित र पेशागतरक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ, ‘पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौँ ।’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरागर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ ‘सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौँ । साथै ती कामको बारेमा आमसञ्चार माध्यमबाट आमजनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौँ ।’

चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन), प्रेम दाहाल (सिन्धुली)ले तयार गरेको घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महतलगायतको स्वास्थ्यलाभको कामना समेत गरिएको छ । चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्ति महत्वपूर्ण रहेको पर्यटकीय एवम् धार्मिकक्षेत्र मौलाकालिकाको थप विकासका लागि बैठकले मागसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*