वडास्तरीय फुटबलको उपाधि मनहरी–७ लाई

साझाकुरा
२०८१ माघ ७, सोमबार ११:१९

हेटौंडा-मनहरी गाउँपालिका वडास्तरीय दोश्रो वडाअध्यक्ष भिमान सहिदस्मृति कप फुटबल प्रतियोगिताको उपाधि एफसि मनहरी–७ ले जितेको छ ।प्रतियोगिताको फाइनल खेलमा एफसि मनहरी–७ ले वडा नम्बर ७ कै चुरियामाई युवा क्लब रमौलीलाई ३–१ गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । एफसि मनहरी–७ नम्बरको जीतमा कपिल मुक्तान, समिर स्याङ्तान र आन्द्रेस स्याङ्तानले १÷१ गोल गरे । बिजेता रमौलीको तर्फबाट किरण राउतले १ गोल गरे । बिजेता एफसि मनहरी–७ ले नगद ५० हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजेता रमौलीले नगद २५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा एफसि मनहरी–७ का मनिष पौडेलले उत्कृष्ट खेलाडीसँगै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले प्रतियोगिता अवधिभर ७ गोल गरेका थिए । उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकमा एफसि मनहरी–७ मिलन स्याङ्तान र अनुप तितुङ भए । उत्कृष्ट डिफेण्डरमा रमौलीका अभिशेक सुवेदी घोषित भए । वडा खेलकुद विकास समिति मनहरी गाउँपालिका–२ को आयोजनामा पुस २६ गतेदेखि सुरु भएको प्रतियोगितामा मनहरी गउँपालिकाको बिभिन्न वडाका १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास पूर्वमन्त्री कुमारी मोक्तानले पुरस्कार, मेडल तथा ट्रफी हस्तान्तरण गरिन् । पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि पूर्वमन्त्री मोक्तानले राष्ट्रियरुपमा आफ्नो स्थानको पहिचान गराउन खेलकुद महत्वपूर्ण बन्दै गएको बताइन् । मोक्तानले राज्यले खेलकुद जगतमा विशेष ध्यान बताउँदै खेलाडीमा लगनशीलता र अनुशासन अपरिहार्य भएको बताइन् ।

तत्कालीन माओवादी जनयुद्धको क्रममा २०६० माघ २२ गते सरकारपक्षको आक्रमणमा परी मनहरी–२ भिमानमा २ जना स्थानीय सहित १९ जनाको मृत्यु भएको घटनाको स्मृतिमा वडाअध्यक्ष भिमान सहिदस्मृति कप फुटबल प्रतियोगिताको आयोजना गरिएको वडा खेलकुद विकास समिति मनहरी–२ का अध्यक्ष सुकराम मुक्तानले बताए । पुरस्कार वितरण तथा समापन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव वीरबहादुर घलान ‘ज्वाला’, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापा, वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारी, वडा नम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङ, नेकपा मकवानपुर जिल्ला ईन्चार्ज वाटर, मनहरी खेलकुद विकास समिति अध्यक्ष बीरु लामालगायतको आतिथ्यता रहेको थियो ।

मनहरी गाउँपालिकाबाट खेलकुदमा राष्ट्रियस्तरमा पालिकाको पहिचान दिलाउन सफल फुटबल खेलाडी क्रिशल मोक्तान र सन्तोष गोङ्बालाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी मकवानपुरको खेलकुद जगतलाई माथि उकास्न योगदान पु¥याएको भन्दै भीम लामा र सञ्चारमार्फत् योदान पु¥याएबापत कालीपोखरी डटकमका प्रवन्धक÷ सम्पादक उमेश राईलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा वडा खेलकुद विकास समिति मनहरी–२ को आयोजना तथा मनहरी गाउँपालिका–२ नम्बर वडाले आर्थिक सहयोग रहेको थियो । त्रिरत्न आधारभूत विद्यालय मनहरी–२ दोभानको खेलमैदानमा सम्पन्न प्रतियोगिता वडा खेलकुद विकास समिति मनहरी–२ का अध्यक्ष मुक्तानको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*