बकैयामा शैक्षिक सुधार गर्न अन्तरक्रिया

साझाकुरा
२०८१ माघ ७, सोमबार ११:२७

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारसम्बन्धी एक दिवसीय अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया भएको हो ।बागमती गाउँपालिका र बकैया गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम भएको जिल्ला समन्वय समिति मकवानपुरका कर्मचारी भीमप्रसाद शर्माले जानकारी दिए । कार्यक्रममा शिक्षकको गुणस्तर कसरी सुधार गर्ने ? कसरी उपलब्धीमूलक बनाउने ? सुधारमा के के आवश्यकता पर्छ ? भन्ने विषयममा छलफल भएको बताइएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी र प्रगति माध्यमिक विद्यालयका प्राचार्य किशोर पराजुलीले २ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुखआतिथ्य रहेको कार्यक्रममा जिल्ला समन्वय अधिकारी शान्ति विक, बकैया गाउँपालिका प्रमुख धर्मराज लामिछाने, बागमती गाउँपालिका प्रमुख सर्केश घलान, बालसञ्जालका सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*