मउवा संघको वरिष्ठउपाध्यक्षमा उप्रेती, सल्लाहकारमा आठजना

साझाकुरा
२०८१ माघ ८, मंगलवार १२:२३

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको सोमबार बसेको कार्यसमिति बैठकले वरिष्ठउपाध्यक्ष तोक्नेदेखि सल्लाहकारमा ८ जनालाई मनोनित गरेको छ ।संघको सल्लाहकारमा ८ जना मनोनित भएका छन् । जसमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हीरालाल श्रेष्ठ, बालगोपाल कंडेल र ईन्द्र नेपाल रहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दीपक उप्रेती चयन भएका छन् । कार्यकालको आधारमा वरिष्ठउपाध्यक्ष चयन हुने प्रावधान रहेको छ । उपाध्यक्षको वरिष्ठता समेत तोकिएको छ ।

संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाल चयन भएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन् । तर, महिला सभापतिको विषयमा वैठकमा विवाद भएको थियो । महिला सभापति बरिष्ठताको आधारमा निलम पाण्डे हुनुपर्ने भएपनि त्यसलाई पूर्णरुपमा बेवास्ता गर्दै नयाँ कार्यसमिति अगाडि बढेको आरोप लगाइएको छ ।

संघको एशोसियटतर्फको सचिवमा बराबर मत प्राप्त गरेका नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीले आधा आधा कार्यकाल पदमा रहेर काम गर्ने भएका छन् । डेढ वर्ष खतिवडाले बाँकी कार्यकाल कार्कीले सचिवको रुपमा काम गर्ने सहमति भएको छ । संघको पहिलो कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । मनोनित सदस्यतर्फ महिला कोटाको एकजना बाँकी रहेको छ । पुषको २४ देखि २७ गतेसम्म भएको संघको ५४ औं साधारणसभा तथा अधिवेशनले रानाभाटको नेतृत्वमा ३ वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको थियो । रानाभाटले अध्यक्षका अर्का उम्मेदवार अनिल अग्रवाललाई हराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*