मकवानपुर प्रशासनको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

साझाकुरा
२०८१ माघ ८, मंगलवार १२:२८

हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सोमबार पत्रकार भेटघाट आयोजना गर्दै चालु आर्थिक वर्षको साउनदेखि पु्स मसान्तसम्मको अवधिमा सम्पन्न गरेका काम कारवाहीको विषयमा जानकारी गराएको हो ।६ महिनाको अवधिमा द्धन्द्धपीडितको नामावली अद्यावधिक गरी १२ जना घाइते तथा अपा·ता भएका व्यक्तिलाई जम्मा ४ लाख ५५ हजार चार सय जीवननिर्वाहभत्ता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी गराए । गतवर्षबाट जिम्मेवारी सरेर आएका ८७ दशमलव ५७ प्रतिशत र यस आर्थिक वर्षको ७५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

चालू आर्थिक वषको हालसम्म राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट ११ हजार राष्ट्रिय परिचयपत्र कार्ड छापिएर आएकोमा ७ हजार ५ सय ९० वटा वितरण गरिएको उनले बताए । यसअवधिमा ५ हजार ५ सय ९० जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । ४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने १३ जना गैरआवासीयले नागरिकता पाएका छन् । कार्यालयले ३९ पटक गरेको बजार अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।

असोज ११ र १२ गतेको विपद्बाट प्रभावितलाई हालसम्म ४३ लाख ४० हजार राहत प्रदान गरिनुका साथै संकटग्रस्त क्षेत्र घोषणा भएका इन्द्रसरोवर गाउँपालिकाको लागि ७५ लाख, बकैया र भीमफेदीको लागि ५०÷५० लाख राहत तथा पुनस्र्थापनाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सम्मान तथा बधाईज्ञापन गरेका थिए । जिल्लाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा कार्यालयले एकीकृत सुरक्षा योजना र क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा गरी शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*