स्मारकमा झण्डोत्तोलन गरेर सहिद दिवस सुरु
हेटौंडा- हेटौंडा–११, स्थित सहिदस्मारक विकास समितिले हरेकवर्ष झैं यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा सहिद दिवश मनाउँदैछ । सहिद दिवस–२०८१ का अवसरमा पहिलो दिन बिहीबार सहिदस्मारक परिसरमा झण्डात्तोलन गरिएको छ ।सहिद दिवस–२०८१ का अवसरमा स्मारक परिसरमा ६५ फिट अग्लो पोलमा २२ फिट लामो राष्ट्रिय झण्डा फहराइएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए । स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सप्ताहव्यापी कार्यक्रमअन्तरगत पहिलो दिन झण्डोत्तोलन गरेको खुलालले बताए ।
समितिले सप्ताहव्यापी रुपमा माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम गर्ने सचिव खुलालले बताए । उनले दिवसका अवसरमा पहिलो दिन सहिद स्मारकमा राष्ट्रिय झण्डा फहराइएको हो । माघ ११ गते सहिद सप्ताहको औपचारिक शुभारम्भ, माघ १२ गते स्मारक परिसरमा सरसफाई, माघ १३ गते रक्तदान, माघ १४ गते प्रथम सहिद लखन थापा वाटीका हेटौंडा–१२ मा श्रद्धान्जली कार्यक्रम आयोजना हुने उनले जानकारी दिए ।
माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा लोकतन्त्र प्राप्तिका लागि राजनीतिक दलको भूमिका विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, शिक्षक दौड र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने उनले बताए । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिदप्रति सलामी, सम्मान तथा पुरस्कार वितरण र समापन कार्यक्रम हुनेछ ।