उपमहानगरकै विकट नकौलीबाट १ नम्बर वडा बालमैत्री घोषणा

साझाकुरा
२०८१ माघ १२, शनिबार १०:५९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार १ नम्बर वडामा रहेको नकौली आधारभूतस्वास्थ्यकेन्द्र बाँझोडाँडा परिसरमा एक कार्यक्रमकाबीच वडालाई बालमैत्री घोषणा गरिएको हो ।हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले १ नम्बर बालमैत्री वडा भएको घोषणा गरेकी हुन् । हेटौंडा उपमहानगर १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, २ नम्बर वडाअध्यक्ष विष्णुगोपाल महर्जन, ३ नम्बर वडाअध्यक्ष ढलकबहादुर थापा, ६ नम्बर वडाअध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर वडाअध्यक्ष दामोदर गौतम, ८ नम्बर वडाअध्यक्ष रामकृष्ण थापा, ९ नम्बर वडाअध्यक्ष सुकराम केसी, ११ नम्बर वडाअध्यक्ष जुना दाहाल, १६ नम्बर अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडाअध्यक्ष उद्धव सत्याल र १९ नम्बर वडाअध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ लगायतको आतिथ्यता थियो ।

मेयर लामाले बालमैत्री घोषणालाई दिगोरुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् । वडाअध्यक्ष न्यौपानेका अनुसार बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सत्प्रतिशत र बाँकी ४ वटा सूचकमा क्रमशः ८२ देखि ९६ प्रतिशतसम्म नतिजा हाँसिल गरेर घोषणा गरिएको हो । १४ दशमलव ८६ वर्ग किलोमिटर रहेको यस वडामा घरधुरी तथ्यांक सर्वेक्षण अनुसार ६ हजार ७९० जनसंख्या रहेको छ । यस वडामा १८ वर्ष मुनीकाबालबालिकाको संख्या २०१४ रहेका छन् । ५ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेको १ नम्बर वडामा १८ वटा बालसमूह र एउटा बालक्लव सञ्जाल सक्रिय रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली, हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारीलामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा बाल सञ्जालका तर्फबाट सिमा सिलवाल र विकल्प अर्यालले संचालन गरेका थिए । नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पछ्याउँदै हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री बनाउने अभियान अन्तर्गत धमाधम वडाहरु बालमैत्री घोषणा गरिएको छ । अब हेटौंडाको ३ वटा वडा मात्र बालमैत्री घोषणा हुन बाँकी रहेको छ । हेटौंडाको ३, १४ र १५ नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी रहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*