सोनाम ल्होसार राष्ट्रिय पर्व होः मुख्यमन्त्री लामा

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोनाम ल्होसार तामाङ जातिको मात्र नभई राष्ट्रिय पर्व भएको बताएका छन् ।ल्होसार तथा तामाङ समुदायको नयाँवर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । उनले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रियरुपमा समेत फैलिँदै गएको बताए । उनले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातिको संस्कृति र आन्दोलनको प्रतिविम्व भएको समेत बताए ।
ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उनको भनाइ छ । उनले मौलिक एवम् परम्परागत चाडपर्वको संरक्षण गर्न जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताए । उनले लगानीको अभावका कारण बत्ती बाल्न नपाएका घरधुरीमा २० दिनभित्र बिजुली पु¥याइदिने दाबी गरे ।उनले ५÷१० लाख रुपैयाँको अभावले विद्युतको पहुँचभन्दा टाढा रहेका नागरिक सम्पर्कमा आए २० दिनभित्र विद्युत व्यवस्था गरिदिने बताए । तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ ।