हेटौंडामा फागुन पहिलो साताबाट यु–१६ फुटबल

साझाकुरा
२०८१ माघ २६, शनिबार ०९:०१

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा फागुन पहिलो साताबाट यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता गरिने भएको हो ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ निवासी अनुपम घलानको गत असोजमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताए । प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ । विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published.


*