मकवानपुरगढीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

साझाकुरा
२०८१ फाल्गुन २, शुक्रबार ११:३९

हेटौंडा- मकवानपुरगढी गाउँपालिकामा बिहीवारबाट सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरणकार्य सुरु भएको छ । पालिकाको ८ वटा वडामध्ये ४ वटा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।मकवानपुरगढी गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको नबिल बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाईएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को दोस्रो किस्ता बापतको रकम वडा कार्यालयबाट नै वितरण भएको छ । वडा नम्बर १ आँपटारबाट वितरणको काम सुरु भएको हो ।

दोस्रो किस्ताबाट २ नम्बर वडाको शिखरकटेरीमा रहेको वडा कार्यालयबाट सुरु गरिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । वडा नम्बर ज १, ७ र ८ मा गत आव २०८०÷८१ देखि नै वितरणको काम भइसकेको स्याङतानले बताए । आगामी दिनमा पालिकाले नबिल बैंकसँगको सहकार्यमा बाँकी रहेको अन्य वडा कार्यालय ४, ५, र ६ बाट नै वितरण गर्ने योजना रहेको बताए ।

गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडास्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी अध्यक्ष स्याङ्तानले बताए । मकवानपुरगढी गाउँपालिका वडा १ बाट घुम्तीशिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम जम्मा १०५ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम बुझेको छन् ।

ज्येष्ठनागरिक, दलित, अशक्त, असहाय, एक महिलालगायत लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले सहजताका लागि हाल ४ वटा वडाबाट भत्ता वितरण गरिएको गाउँपालिका प्रसासनप्रमुख रघुनाथ हुमागाईले जानकारी दिए । हुमागाईले शुक्रबार पनि १ नम्बर वडा कार्यालयबाट वितरण गरिने बताए । फागुन ४ र ५ गते वडा नम्बर २, फागुन ६ र ८ गते वडा नम्बर ७ र फागुन ९ र ११ गते वडा नम्बर ८ बाट वितरण गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*