बासुदेव मार्ग र चुनियाँ–नामटार सडक स्तरीकरण गर्न प्राविधिक मूल्यांकन

साझाकुरा
२०८१ फाल्गुन ३, शनिबार १३:१०

हेटौंडा- मकवानपुरको दुईवटा सडक; मकवानपुरगढीको वासुदेव मार्ग र कैलाश गाउँपालिकाको सदरमुकाम प्रवेश गर्ने सडक चुनियाँ–नामटार सडकको स्तरिकरणको आगि १२ करोडको स्थलगत सर्वेक्षण र स्टिमेट गर्ने कार्य सम्पन्न भएको छ ।चालू आर्थिक वर्षमै चुनियाँ–नामटार सडकमा २ करोड १५ लाख ४६ हजार रुपैयाँ र सहिद वासुदेव मार्गमा १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भइ ठेक्का आह्वान भइ चुनियाँ–नामटार सडकमा काम भइरहेकोछ । वासुदेव मार्गमा काम सम्पन्न भइसकेको छ । केही दिन अगाडि मात्रै एमाले नेता एवम् मुख्यसचेतक महेश बर्तौलाले आफ्नो सामाजिक संजालमार्फत दुवै सडकको लागि चालू आर्थिक बर्षमै ६÷६ करोड थपिएको जानकारी दिएका थिए ।

बिहिबार नै बर्तौलाको स्वकीय सचीव आशिष अस्लामी सडक डिभिजन हेटौंडाका प्राविधिक टोली सहित फिल्डको सर्वेक्षणका लागि पुगेका थिए । आज शुक्रबार टोली मकवानपुरगढीको सहिद वासुदेव मार्ग पुगेका हुन् । भीमफेदी गाउँपालिकाको ९ नम्बर वडाअध्यक्ष प्रकाश पुडासैनीका अनुसार गत आवमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड बजेट मार्फत चुनियाँ गुम्बासम्म कालोपत्रे भएको छ ।

चालू आर्थिक वर्षमा विनियोजित बजेटले लागेको ठेक्कामार्फत अगाडि काम भइरहेको छ । ६ करोडबाट यसै वर्ष सडक कालोपत्रे, घुम्ती सुधार, संरक्षण वालको काम सक्दै नामटारको बजारसम्म काम हुने जनाइएको छ । मकवानपुरगढीमा पनि सबै ठाउँमा ७ मिटर चौंडा स्ल्याब ढलान हुनेछ । ६ करोड बजेटले विभिन्न ठाउँमा ह्युमलाइप राख्ने, कल्भर्ट बनाउने तथा सडक स्ल्याब ढलानको कार्य गरिने मकवानपुरगढीका पूर्वअध्यक्ष बिदुर हुमागार्ईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*