ट्रकले अटोलाई ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु

साझाकुरा
२०८१ फाल्गुन ४, आईतवार १२:०२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।२ असोज शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बम्जनलाई सिएमसी चुरेहिल अस्पताल हेटौंडामा उपचारका क्रममा शुक्रबार राति ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अटोमा सवार मनहरी–६ खयरघारीकी मृतक बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट लागेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्यअवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोचालक हेटौंडा उपमहानगरपालिका–१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको डिएसपी अर्यालले बताए । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*