हेटौंडा बचतको ऋण लगानी ५५ करोड

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीमा मुख्य कार्यालय रहेको हेटौडा बचत तथा ऋण सहकारी संस्थाको कुल बचत ५७ करोड रुपैयाँ रहेको छ ।संस्थाका व्यवस्थापकरामशरण गौतमले अर्धवार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुस मसान्तसम्म वित्तीय विवरणसहित संस्थाको कार्ययोजना तथा प्रगति अवस्थाको बारेमा जानकारी गराएका छन् । गौतमका अनुसार पुससम्म संस्थाको संस्थाको कुल बचत ५७ करोड ३ लाख ८२ हजार, ऋण लगानी ५५ करोड १२ लाख ७ हजार छ । कुल शेयरपूँजी ४ करोड ८४ लाख ९६ हजार रहेको गौतमले जानकारी दिए ।
६ महिनाको अवधिमा संस्थाले कुल बजेटको २९ दशमलव ६५ प्रतिशत उपलब्धी हासिल गरेको उनले बताए । चालू आर्थिक वर्षका लागि संस्थाको कुल बजेट १ अर्ब ९१ करोड २४ लाख छ । १३ जना सदस्य तथा सदस्यको परिवारलाई ४५ हजार ७ सय दुर्घटना खर्च वितरण गरेको बताइएको छ । यस अवधिमा १ जना सदस्य तथा सदस्यको परिवारलाई १० हजार घातकरोग उपचारखर्च प्रदान गर्नुका साथै ३५ जना सुत्केरीलाई ७० हजार पोषणखर्च प्रदान लगायत कार्यक्रम गरिएको संस्थाको प्रगति विवरणमा जनाइएको छ ।
कार्यक्रममा सहभागीले स्वीकृत कार्यक्रम समयमै सम्पन्न गर्न, नियमित बचत तथा कर्जा असुलि गर्न, वार्षिक लक्ष्यअनुसारको रणनीति बनाएर कार्य गर्न सुझाएका थिए । सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विजयबहादुर बस्नेत, विभिन्न समिति तथा उपसमितिका संयोजक, सदस्य
र कर्मचारीको उपस्थिति रहेकोथियो । संस्थामा ७ हजार १ सय ८० जना सदस्य छन् ।