बागमती गोल्डकपः हानामीलाई हराउँदै एपीएफको विजय सुरुवात

हेटौंडा-सातौं संस्करणको बागमती गोल्डकपराष्ट्रिय फुटबल प्रतियोगितातमा सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिदस्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेकोहो । निर्धारित खेल समयमागोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनिकुमार लामाले गोल गरे । बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेशी खेलाडी बफरको प्रहार बाहिरिएको थियो ।
एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय आफ्नो पक्षमा पारेको थियो । एपीएफ गत संस्करणको उपविजेतासमेत हो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।