बागमती गोल्डकपलाई गाउँपालिका कर्मचारीद्वारा सहयोग

साझाकुरा
२०८१ फाल्गुन ६, मंगलवार ११:०१

हेटौंडा- बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिका कर्मचारीहरुले नगद सहयोग गरेका छन् । सोमबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङलाई नगद हस्तान्तरण गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ नगद सहयोग खेलकुद विकास समितिलाई हस्तान्तरण गरेका हुन् । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद
विकास समितिका अध्यक्ष थिङले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*