अपाङ्गताको आवाज र साहारा बन्दै सामाजिक विकास मन्त्रालय

मकवानपुर-सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र -फराकिलो रहेको छ । प्रदेश सरकार स्थापना पश्चात् सामाजिक विकास मन्त्रालयले महिला, बालबालिका, जेष्ठनागरिक, विपन्न, अपाङ्गता, गरिब, यौनिक तथा लैङ्गिक अल्पसंख्यक आदिका क्षेत्रमा काम गर्दै आएको छ । सामाजिक विकास मन्त्रालयले गरेका काममध्ये अपाङ्गताको क्षेत्रमा भएका काम महत्वपूर्ण छन् ।
अपाङ्गभएका व्यक्तिहरु आफैंमा सामान्य मानिसभन्दा केही कमजोर हुने गर्छन् । यद्यपी उनीहरुले अवसर पाएको खण्डमा उनीहरुपनि सामान्य मानिसले जस्तै उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण पनि हाम्रो समाजमा प्रशस्त देख्न सकिन्छ । सामाजिक विकास मन्त्रालयको हलको एक कोठामा अपाङ्गतासूचना केन्द्रको सञ्चालन गरिएको छ । जुन राष्ट्रिय अपाङ्गमहासंघ बागमती प्रदेश र सामाजिक विकास मन्त्रालयको साझेदारीमा स्थापना गरिएको हो ।
बागमती प्रदेशमा अपाङ्ग सम्बन्धी १ सय ७० वटा अपाङ्गतासम्बन्धी संस्थाहरु आवद्ध रहेका छन् । क्षमता विकास, सञ्चारीकरण, पैरवी जस्ता काम अपाङ्गमहासंघले गर्दै आइरहेको छ । निजीक्षेत्र, सरकारी कार्यालय, राष्ट्रियस्तरबाट प्रसारण हुने अपाङ्गमैत्री लक्षितसूचनालाई प्रसारण गर्ने कामअपाङ्गता सूचना केन्द्र बागमती प्रदेशले गर्ने गरेको सूचना केन्द्रकी साङ्केतिक भाषा दोभासे सरस्वती कटुवाललेजानकारी दिइन् । ‘यस सूचना केन्द्रबाट हामीले पहँचयुक्त ढाँचाबाट सूचनाहरु प्रकाशन गर्छौ ।
अपाङ्गता लक्षित सूचना दृष्टिविहिनलाई उनीहरुले थाहा पाउने र बुझनेगरी हामीले सूचना प्रदान गरेका हुन्छौं । मन्त्रालयमा रहेर अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहजीकरण दोभासेको माध्यमले सहजीकरण गर्ने गरेका छौं ।’ उनले भनिन् । अपाङ्गता सूचना केन्द्र यसरी मन्त्रालयमा नै राखिदा यसक्षेत्रका व्यक्तिलाई अझै धेरै सहज भएको पाइएको छ । यही कुरालाई स्वीकारोक्ति दिँदै सामाजिक विकास मन्त्रालयकी लैङ्गिक सम्पर्क व्यक्ति चन्दा व्यञ्जनकारले मन्त्रालयकै हलमा राखिएको अपाङ्गतासूचना केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा समयमै सूचना तथा जानकारी पु¥याउने हुँदा यस क्षेत्रमा काम गर्न अझ सहज भएको बताइन् ।
प्रदेश सरकार र मन्त्रालयले आगामी नीति तथा योजनामा अपाङ्गताको क्षेत्रमा थुप्रै कार्यक्रम समेटेको छ । यसमा पहँुचमा भएका अपाङ्ग व्यक्तिले पनि आ–आफनो क्षेत्रबाट आवाज उठाउदै आइरहेका छन् । गत माघ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद लक्ष्मी घिमिरेले प्रदेशसभा कहिले अपागंमैत्री हुन्छ ? भन्दै सभामुख भुवनकुमार पाठकसमक्ष प्रश्न गरेकि छन् ।
माघ २६ शनिबारको दिन बसेको बागमती प्रदेशसभामा विशेष समय लिँदै घिमिरेले निर्वाचित भएर आएको ७ सय ६८ दिन बितिसक्दा पनि प्रदेश सरकारले अअपाङ्गमैत्री रोष्टम निर्माण नगरेको गुनासो गरेकि हुन् ।‘अन्य शीर्षकमा बजेट विनियोजन गर्ने सरकारले प्रदेशसभामा अपाङ्गमैत्री रोष्टम निर्माण गर्न सकेको छैन । संसद भवन यस्तो छ, झन अन्य संरचनाको अवस्था के होला ?’ उनले प्रश्न गरिन् । भाषणमा महिलाका आवाज, महिलाका अधिकार उठाउने सासंदहरु नै विभेद गर्न खप्पिस रहेको गुनासो सांसद घिमिरेले सभामुख पाठकसमक्ष राखेकी छन् ।
‘महिलाको नीतिगत छलफल भनेर डाकिएको बैठकमा मलाई बञ्चित गरियो ।’ उनले भनिन् । ह्वीलचेयरमा संसदको यात्रा सुरू गरेकी बागमती प्रदेशसभा सदस्य घिमिरेले राज्यको पहिलो काम अपाङ्गमैत्री संरचना निर्माण हुनुपर्ने आवाज उठाउदै आएकी छन् । उनी बागमती प्रदेशसभाकी एकमात्र अपाङ्ग सांसद हुन् ।उनले अपाङ्गता सामान्य कुरा हो यसलाई उच्च मनोबलले चिर्छ भन्ने बलियो उदाहरण आफू प्रदेश सांसदमा निवार्चित भएपछि जनमासमा दिएकी छन् ।
राजनीतिक, सामाजिक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई अवसर प्राप्त हुँदा उनीहरु अरु सामान्य व्यक्ति सरह सफल हुन सक्छन् भन्ने कुरा गार्मेन्ट कम्पनीकी मालिक गंगा छन्त्याल र सांसद लक्ष्मी घिमिरेबाट सिक्न सकिन्छ । गंगा छन्त्याल आफैंले सुरुवात गरेको गार्मेन्ट कम्पनीकी मालिक हुन् ।
शारीरिक रुपमा अपाङ्ग भएकी उनले विभिन्न ठक्करहरु खाएपश्चात अन्तमा गार्मेन्ट फयाक्ट्री खोलिन र अर्डर आएका डिजाइनका आधारमा कपडा उत्पादन गर्न थालिन । करिब ७ वर्ष अगाडि काठमाडौंमा कम्पनी खोलेर काम गरिरहेकी उनले १२ जना कर्मचारी राखेर उनीहरुलाई रोजगारी दिएकी छिन् । घरेलु उद्योग र तार्केश्वरमा दर्ता भएको फ्याक्ट्रीमा अर्डरअनुसारका फेन्सी कपडा उत्पादन हुन्छन् ।
गंगाले आफ्नो कारखाना बाट भएको १३ प्रतिशत आम्दानी अपा·ता भएका व्यक्तिको क्षेत्रमा लगाउदै आइरहेकि छिन् । अपाङ्गता भएका व्यक्तिको लागि उनी स्वास्थ्य, शिक्षा लत्ताकपडाको क्षेत्रमा सकेको सहयोग गर्छिन् । यतिमात्र हैन उनले आफनो उत्पादित कपडामा आफ्नै ब्राण्डको नाम दिने भएकी छिन् । उलने उत्पादन गरेको कपडामा ‘स्यामो’ नामलाई ब्राण्को रुपमा चिनाउने भएकी छिन् ।
यस्ता छन् बागमती प्रदेश
सरकार सामाजिक विकास मन्त्रालयले अपाङ्गता क्षेत्रमा गरेका काम
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन गरिने अपाङ्गता लक्षित वार्षिक कार्यक्रम आर्थिक वर्ष २०८०÷८१ ले यस क्षेत्रमा योजनाअनुरुप धेरै काम गरिसकेको र केहि काम भने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनयुद्ध तथा जनआन्दोलनका घाईते अपाङ्ग तथा बेपत्ता सहिद परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
नुवाकोटमा अपाङ्गता भएका महिला, श्रमिक, लैङ्गिकहिंसा पीडित, विपन्न, दलित, सीमान्तकृत, एकल महिलाका लागि उद्यमशीलता, रोजगारीमूलक, सशक्तिकरण, सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक सशक्तिकरण तथा समावेशी कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय अपाङ्गता दिवस मनाउने, अपाङ्गता भएका व्यक्तिको लागि आयमूलक तालिम सञ्चालन गर्न अपाङ्ग पुनस्र्थापना समाज धादिङलाई अनुदान प्रदान गरिएको, अपाङ्ग समाज चितवन, भरतपुर महानगरपालिका–११ चितवनलाई कम्प्युटर तालिम प्रदान गरिएको, नेपाल अपाङ्ग समाज काठमाडौं महानगरपालिकालाई तालिम सञ्चालन गर्न अनुदान प्रदान गरिएको, अपाङ्गता संरक्षण केन्द्र भरतपुर महानगरपालिका –७ चितवनलाई सचेतनामूलक कार्यक्रम सञ्चालन जस्ता कार्यहरु अपाङ्गताका क्षेत्रमा मन्त्रालयले गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको साझेदारीमा अपाङ्गता सूचना केन्द्रको सञ्चालन तथा व्यवस्थापन, अपाङ्गता क्षेत्रमा कार्यरत संघसस्थाको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण, क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम सञ्चालन, नुवाकोट बहिरा संघ विदुर–२ मा नेपाल सांकेतिक भाषा दोभासे र क्षमता विकास तालिम सञ्चालनका लागि अनुदान दिइएको, महिला बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित खोजमुलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति(फेलोसिप) तालिम प्रदान गरिएको छ ।
मेरुदण्डीय पक्षघात समुह, गोकर्णेश्वर काठमाडौंलाई सीपमूलक तालिम तथा सामग्री व्यवस्थापनका लागि अनुदान प्रदान गरिएकोअपाङ्गता सरोकार केन्द्र, हेटौंडा मकवापुरलाई सहायक सामग्री निमार्ण तथा मर्मतलाई अनुदान प्रदान गरिएको, अपाङ्ग सचेतना सेवा केन्द्र, रामेछाप मन्थलीलाई अपाङ्गता भएका व्यक्तिहरुको सिप विकास कार्यक्रमका लागि अनुदान प्रदान गरिएको छ ।
मन्त्रालयले गृहिणी महिलालाई शसक्तिकरण र आत्मनिर्भर बनाउन तथा महिला उद्यमीलाई प्रोत्साहन गर्न गृहिणी महिला शसक्तिकरण कार्यक्रम कार्यान्वयनका लागि ५ करोड बजेट बिनियोजन गरेको छ । हाल ३५ वटा स्थानीय तहसँगको साझेदारीमा महिला शसक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस्ता छन् सामाजिक विकास मन्त्रालय बागमतीले गरेका अन्य कार्यक्रम देशका पाचँ जिल्लाका पाचँ विद्यालयमा अध्ययनरत ४ सय जना विद्यार्थीलाई आवासीय विधासहित अध्ययनको व्यवस्था गरेको छ । खेलकुद पूर्वाधारका लागि रंगशाला र कर्भडहल निर्माणमा निरन्तरता दिएको छ । १५ जना महिलाको लागि मनोपरामर्श तालिम सञ्चालन गरेको छ । चेपाङ समुदायको उत्थानका लागि चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । ज्येष्ठ नागरिकको लागि आश्रय तथा वृद्धाश्रम निर्माण
गरिएको छ ।
आमाबाबु दुवै नभएका बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । वित्तीय हस्तान्तरण कार्यक्रममार्फत् १ सय १९ स्थानीय तहका बालबालिका लाभान्वित भएका छन् । यसबाट बालविवाहमुक्त प्रदेश र बालमैत्री स्थानीय तह घोषणाका लागि रकम व्यवस्था गरेको छ ।
प्रदेश भित्रका ३० सामुदायिक माध्यमिक विद्यालयमा सिक्दै कमाउदैःकमाउदै सिक्दै कार्यक्रम सञ्चालन गरेको छसामुदायिक क्याम्पसमा अध्यनरत २ सय ९४ विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बागमती प्रदेश र प्रदेश युवा परिषदबाट तालिम सञ्चालन गरी करिब ५ हजार जना युवाले तालिमबाट लाभान्वित भएका छन् ।
अपाङ्गता अधिकार र समावेशी नीतिहरुः नेतृत्व, नीति, र कार्यान्वयन
नेपालमा अपाङ्गता भएका व्यक्तिलाई अधिकार सम्पन्न बनाउने सवालमा सामाजिक, आर्थिक, र राजनीतिक रूपमा विविध चुनौतीहरू छन्। अपाङ्गता भएका व्यक्तिहरुलाई समान अवसर प्रदान गर्नका लागि सरकार, गैरसरकारी संस्था, र समुदायको सहकार्य अपरिहार्य छ। बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सवालमा उठाएको मुद्दाले देखाउँछ कि अझै पनि समावेशिताको नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न चुनौती छन् ।
बागमती प्रदेश सरकारको २०८१÷८२ को नीति तथा कार्यक्रममा अपा·ता भएका व्यक्तिको लागि आवश्यक बुँदा समेटिन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । जसमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व र राजनीतिक सहभागिता, संसद्मा अपाङ्गता भएका व्यक्तिको संख्या बढाउनुपर्ने आवश्यकता, सामाजिक सोच परिवर्तनमा पहल, प्रदेश संरचनामा अपाङ्गता अधिकारकोसमावेशिता,व्यक्तिगत सहयोगीको उपलब्धता, सहायक सामग्री वितरण,अपाङ्गता भएका व्यक्तिको लागि अस्पतालमा दोभासेको व्यवस्था,अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा अनिवार्य भर्ना गराउने नीति, शिक्षकलाई अपा·तामैत्री तालिम, निशुल्क स्वास्थ्य बीमा, आवश्यक औषधि उपलब्धता, आर्थिक सशक्तीकरण र रोजगारी अवसर, सरकारी कार्यालय र निजी क्षेत्रमा न्यूनतम कोटा सुनिश्चित गर्ने लगायतका बुदाँहरु आगामी निति तथा कार्यब्रममा समेटिनुपर्ने कुरा सरोकारवालाहरु बताउँछन् ।
अपाङ्गताभएका व्यक्तिलाई समाजको मूलधारमा ल्याउन सरकार, नागरिक समाज, र निजी क्षेत्रबीचको सहकार्य आवश्यक छ । सामाजिक विकास मन्त्रालयले अपागंता अधिकार सुनिश्चित गर्न नीति निर्माणमा व्यापक सुधार गर्नुपर्छ। आर्थिक सशक्तीकरण, स्वास्थ्य, शिक्षा, र राजनीतिक सहभागिता जस्ता क्षेत्रहरूमा समान पहुँच सुनिश्चित गरेर मात्र समावेशी समाजको परिकल्पना साकार गर्न सकिन्छ । सामाजिक विकास मन्त्रालयले अपा·ता क्षेत्रका व्यक्तिहरुलाई उनीहरुको शारीरिक आवश्यक्ताका आधारमा अपा·ता सहायता सामाग्री वितरण गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको पुनस्र्थापना तथा संरक्षण गर्ने उदेश्यले मन्त्रालयले सहायता सामाग्री वितरण गर्न लागेको हो । यस कामको प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ । यसमा राष्ट्रिय अपाङ्ग महासंघ, बागमती प्रदेश तथा अन्य सरोकारवाला संघसंस्थाको समन्वयमा सहायता सामग्री आवश्यक भएका लक्षित अपा·ता भएका व्यक्तिहरुको विवरण सङ्कलन गर्ने काम भईसकेको मन्त्रालयले जनाएको छ ।अपाङ्गता भएका व्यक्तिको सवालमा, उनीहरुको हकहित र संरक्षणमा मुद्दा उठिरहेका हुन्छन् । अपा·ता भएका व्यक्ति सजिलै स्वरोजगार हुन नसक्ने र परिवारको भरमा बाच्नुपर्ने हुँदा सामान्य व्यक्तिहरुको भन्दा उनीहरुको जीनन निकै कठिन बनेको देखिएको छ ।
कहिलेकाँहि परिवारले उनीहरुलाई बोझको रुपमा हेर्दिदा र उनीहरुको स्याहारसुसारमा ध्यान नदिदा अकालमा मृत्यु भएको खबर पनि सुन्नमा आउने गर्छ । परिवार र समाजको भरपुर सहयोग र मायाको अपेक्षा गरेको यस समूदायलाई सरकारले कार्यक्षेत्र र विकासको प्राथमिकतामा राख्न आवश्यक छ । यसरी उनीहरुलाई सामाजिक विकास मन्त्रालयले उनीहरुको क्षमता अभिवृद्धि र आत्मनिर्भरताको बाटोमा डोर्याइरहँदा उनीहरुलाई धेरै राहत पुगेको अपा·ता भएका व्यक्तिहरु बताउछन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपागंता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ जनारहेको छ । जसमध्ये पुरुष तीन लाख ५१ हजार ३ सय १ र महिला दुई लाख ९३ हजार ४ सय ४३ रहेको छ । प्रतिशतका रुपमा अपा·ता भएका पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याकं कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगाणना २०७८ नतिजामा यस्तो तथ्यांक देखिएको थियोे । तथ्याकं अनुसार अपागंता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारिरीक अपाङ्गता भएकाहरु ३७.१ प्रतिशत रहेको छ ।
यस्तै १७.१ प्रतिशतमा न्युनदृष्टि अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपागंता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६ं४ प्रतिशतमा स्वर बोलाई सम्बन्धि अपाङ्गता रहेको छ । अपाङ्गता १२ प्रकारका हुन्छन् । जसमा शारीरिक अपाङ्गता, न्युन दृष्टियुक्त, पूर्ण दृष्टिविहिन, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन, स्वर र बोलाई, मानसिक वा मनोसामाजिक, बौद्धिक अपा·ता, अनुवंशीय रक्तश्राव (हेमोफेलिया), अटिजम र बहुअपाङ्गता रहेका छन् । अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र बनाएपछि नेपाल सरकारले विभिन्न सेवा सुविधा दिँदै आएको छ ।
सार्वजनिक यातायात चढ्दा भाँडामा ५० प्रतिशत छुटको व्यवस्था, अस्पतालमा निशुल्क चेकजाँच, निशुल्क पढ्न पाउने व्यवस्था, चारपांग्रे स्कुटरमा भन्सार छुट,अपाङ्गता सहायक सामग्रीको निशुल्क व्यवस्था, र निजामती सेवामा आरक्षण लगाएत अन्य सेवासुविधाको व्यवस्था गरिदिएको छ ।–