प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा अधिकारी

साझाकुरा
२०८१ फाल्गुन ७, बुधबार १२:४७

हेटौंडा-प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्ष मकवानपुरकाध्रुव अधिकारी सर्वसम्मत चयन भएका छन् ।सिन्धुपाल्चोकको सुकुटेमा भएको पाँचौ प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कमिटी निर्माण गरेको हो । अधिकारी पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष समेत हुन् । कमिटीको उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ चयन भएका छन् ।

अधिवेशनले महासचिवमा नविन श्रेष्ठलाई चयन गर्दा सचिवहरुमा सुमन गैरे, मणिसुन्दर कोइराला, रोजन तामाङ र भावना रिजाललाई र गम्भिर विकलाई चयन गरेको छ । कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन हुँदा लेखासंयोजकमा बालगोविन्द न्यौपाने तथा अनुशासन आयोग संयोजकमा मीना श्रेष्ठ चयन भएकी छिन् । समितिको सदस्यहरुमा यादव चौंलागाई, उमेश राई, सरला अधिकारी, रुपा गुरुङलगायत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*