भौतिक विकासलाई मात्र विकास मान्न सकिँदैनः प्रथम मुख्यमन्त्री

साझाकुरा
२०८१ फाल्गुन ८, बिहीबार ११:१३

हेटौंडा- बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक विकासलाई मात्र विकास मान्न नहुने बताएका छन् । हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा भएको दोश्रो खेलकुद महोत्सवको पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले विद्यार्थीले शारीरिक, मानसिक, चिन्तनको विकास भएमात्र वास्तविक विकास हुने बताए । देशमा केही पनि हुँदैन, केही पनि गर्न सकिंदैन भन्ने गलत धारणाबाट अभिभावक पनि मुक्त हुुनुपर्ने उनको भनाई छ । प्रथम मुख्यमन्त्री पौडलले किताब पढ्नु मात्र पढाई नभएको बताए । पढाईसँगसँगै त्यसबाट सिकेको कुरालाई पनि व्यवहारमा उतार्न उनले विद्यार्थीलाई आग्रह गरे ।

४ नं. वडाले विद्यार्थीको शारीरिक र मानसिक विकासको लागि गरेको गतिविधि अरु वडाको लागि पनि मागदर्शन भएको उनको भनाई छ । यस्ता गतिविधिलाई आगामी दिन पनि अगाडि बढाउन उनले वडाअध्यक्षलाई आग्रह गरे । यसैगरी ४ नं. वडाअध्यक्ष नविन सिग्देलले ठूला भौतिक संरचनामात्रले विकासलाई पूर्णता दिन नसकिने बताए । उनले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु आजको आवश्यकता भएको बताए ।

विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न, विद्यालयबीच खेलकुद प्रतिस्पर्धा गराउन, खेलकुद प्रवद्र्धनका साथै शिक्षामा खेलकुद जोड्न प्रतियोगिता आयोजनागरिएको वडाअध्यक्ष सिग्देलको भनाई छ । माघ ९ गतेदेखि ४ नं. वडाले आयोजना गरेको फुटबल, भलिबल, क्रिकेट, दौड, वादविवाद, स्लो स्कुटी लगायतका २६ विधाका खेलकुदका बिजेतालाई पुरस्कार वितरणगरियो । गतवर्ष ४ नं. वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*