निष्काशित श्रमिक र उद्योग प्रशासनबीच वार्ता

हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एन्टारटिक बिस्कुट प्रा.लि.का निष्काशित श्रमिक र उद्योग प्रशासन बीच वार्ता भएको छ ।श्रम कार्यालय हेटौंडामा बिहिबार भएको वार्तामा निष्काशन गरिएका ९६ जना श्रमिकलाई रोजगारपत्र दिने सम्झौता भएको छ । थप ६ जनालाई नियमित रोजगार प्रदान गर्ने गरी १ सय २ जनालाई श्रमिकलाई नियमित गराउने सहमति भएको समग्र उद्योग ट्रेड युनियन मकवानपुरका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । परीक्षण अवधि सकिएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायीनियुक्ति गर्ने सहमति गरेको उद्योगले आफ्नै लिखित प्रतिबद्धता बिपरीत श्रमिकलाई निष्काशन गरेपछि श्रमिकहरु आन्दोलित भएका थिए । उद्योगमा हाल ४ सय भन्दा कामदार कर्मचारी कार्यरत छन् ।