५१ जनाले गरे रक्तदान

साझाकुरा
२०८१ फाल्गुन ९, शुक्रबार ११:४१

हेटौंडा- अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा बिहिबार भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेका हुन् । क्याम्पस कमिटीका संयोजक प्रसिद्ध रेग्मीले रक्तदान गरेर कार्यक्रमको उद्दघाटन गरेकी हुन् । कार्यक्रममा कमिटीका संयोजक रेग्मीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य तथा प्रचारप्रसार बिभागप्रमुख भुपेन्द्र रानामगरको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । रगतको अभाव रहेको बेला बिरामीमा सहयोग पु¥याउने उद्देश्यले रक्तदान आयोजना गरिएको कमिटीका सदस्य निशान भण्डारीले जानकारी दिए । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष नवराज शर्मापौडेल, शिव पुलामीमगर, जिल्ला कमिटी सहसचिव जस्प्रिता अधिकारी, अनेरास्ववियु मकवानपुर कोषाध्यक्ष ईशा पाख्रिन, मकवानपुर बहुमुखी क्यामपस स्ववियु सदस्य उन्नत देवकोटा, अभिषेक दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*