प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने

साझाकुरा
२०८१ फाल्गुन ९, शुक्रबार ११:४९

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसूति विभागका २ सिटमा स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्यापन गराउने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको सिट अनुसार प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सिटमा पीजी अध्यापन गराइने भएको हो । बागमती प्रदेश सरकारको लगानीमा चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई हेटौंडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सहित अन्य विभिन्न विभागका ८ सिट विशेषज्ञ स्वास्थ्य शिक्षा पढाउने भएको प्रतिष्ठानका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रतिष्ठानका लागि आयोगले स्त्री तथा प्रसूति विभागका २ र फिजिसियन, सर्जरी विभाग, बालरोग विभाग, हाडजोर्नी तथा नशारोग विभाग, फेमिली फिजिसियन, एनेस्थियोलोजिका १÷१ सिटमा अध्यापन गराउने गरी अनुमति प्राप्त भएको छ । पीजी कक्षा सञ्चालन गर्दा अस्पतालको स्वास्थ्यसेवाको गुणस्तर सुधार हुनुका साथै विद्यार्थीले नवीनतम चिकित्सा ज्ञान तथा प्रविधिको प्रयोग गरेर उपचार प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाई छ ।

विशेषज्ञ चिकित्सा सेवाहरु विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । पीजी कक्षा सञ्चालनबाट विशेषज्ञ चिकित्सकको निगरानीमा विद्यार्थीहरु रहने र सेवा थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे । पीजी अध्यापनमार्फत् बिरामीको उपचारमा सुधार ल्याउनुको साथै प्रशिक्षित चिकित्सकमा दक्षता र अनुभव वृद्धि हुने उनले बताए । विद्यार्थीले तिर्ने शुल्कबाट अस्पतालको आम्दानी बढ्ने र विशेषज्ञ सेवामार्फत् बिरामीको उपस्थिति बढ्ने उनले बताए । विद्यार्थीसँगको सहकार्यमा अस्पतालले नयाँ विशेषज्ञ सेवा तथा विभागहरु खोल्न सहयोग पुग्ने अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*