भूमि समस्या समाधान आयोग मकवानपुरले पायो पूर्णता : फागुनभित्रै केही पूर्जा वितरण हुने

साझाकुरा
२०८१ फाल्गुन १३, मंगलवार १२:१९

हेटौंडा-भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुरले सोमबार पूर्णता पाएको छ । समितिको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं र सदस्यमा कविन सांगामीले नियुक्ति पाएसंगै आयोग जिल्ला समिति पूर्ण भएको हो ।यसअघि माघ २५ गते अध्यक्ष पदमा बलराम बल र सदस्य पदमा दिलु घर्तीले नियुक्ति पाएका थिए । आयोगमा नियुक्ति पाउने बल र घर्ती नेकपा एमालेबाट हुन् भने चौलागाईं र सांगामी नेपाली काँग्रेस पार्टीबाट हुन् ।

आयोगले पूर्णता पाएसंगै अब तीव्र गतिमा काम अगाडि बढाउने अध्यक्ष बलले जानकारी दिए । उनका अनुसार फागुन महिनाभित्रै केही पूर्जा वितरण हुनेछ । ‘मंगलबार हामी बैठक बस्दैछौं’, अध्यक्ष बलले भने– पुरानो आयोगले गरेको कामको निरन्तरता दिँदै प्रक्रिया पु¥याएर पूर्जा वितरण कार्यलाई तीव्रता दिनेछौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*