उच्चअदालत बार हेटौंडामा भट्टराई निर्वाचित

साझाकुरा
२०८१ फाल्गुन १८, आईतवार १२:०२

हेटौंडा-उच्चअदालत बार एशोसियशन हेटौंडाको अध्यक्षमा पिपीएलएका उम्मेद्वार मनप्रसाद भट्टराई निर्बाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी डिएलएका हरिप्रसाद भट्टलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३३ मत प्राप्त गर्दा भट्टले ३२ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमारामकृष्ण देउला निर्बिरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी र कोषाध्यक्षमा रिमा प्याकुरेल निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा चुडा उप्रेती, हरिहर खतिवडा, घ्रुबसिंह बिष्ट, दीपेन्द्र बानियाँ, केशब अर्याल, एकनारायण शर्मा र गणेश अधिकारी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकारी दिएका छन् । यस्तै महिला सदस्य नीशा क्षेत्री निर्बिरोघ निर्वाचित भएका थिए । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*