निर्माणाधीन योजना प्रदेश सरकारको प्राथमिकतामाः मन्त्री खड्का

साझाकुरा
२०८१ फाल्गुन १८, आईतवार १२:१३

हेटौंडा-बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्काले चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा रहेको निर्माणाधीन दोरङगी बछौली, चौराकुलो, सौरवा कुलोको निरीक्षण गरेका छन् ।निरीक्षणको क्रममा मन्त्री खड्काले हचुवाको भरमा बजेट विनियोजन हुँदा विकास निर्माणको काममा ढिलाइ भइरहेको बताए । आगामी आर्थिक वर्षको बजेट निर्माणमा यस्तो परिपाटीले निरन्तरता नपाउने उनले स्पष्ट पारेका छन् । मन्त्री खड्काले सम्पन्न नभएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए ।

योजनाको निरीक्षणको क्रममा रत्ननगर नगरपालिका मेयर प्रल्लाद सापकोटा, वडा नं. ५ का वडाअध्यक्ष बालकृष्ण चापागाई, वडा नं. ६ का वडाअध्यक्ष किरण चौधरीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*