भुटनदेवी एल्मुनाईमा बिष्णुगोपाल

हेटौंडा-हेटौंडा नगरका सबैभन्दा पुरानो विद्यालय भुटनदेवी माविमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको संस्था भुटनदेवी एल्मुनाई एशोसिएसनको १९ औं वार्षिक साधारणसभा तथा मित्रमिलन कार्यक्रम मार्खुको सिम्लाङमा सम्पन्न भएको छ । साधारणसभाले हेटौंडा –२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्ष कृष्णगोपाल बर्तौला, महासचिव राजेन्द्र पोखरेल, कोषाध्यक्ष सुदर्शन ढकाल, सचिव उद्दव भट्टराई चयन भएका छन् । एल्मुनाइको काठमाडौं सम्पर्क समिति पनि गठन गरिएको छ ।