बिष्फोटक पदार्थ सहित एकजना पक्राउ

हेटौंडा- बिष्फोटकपदार्थसहित मकवानपुर प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरीटोलीले हेटौंडा उपमहानगरपालिका–३ बसामाडीबाट बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको हो ।पूर्वपश्चिम खडकखण्ड अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिस्फोटकपदार्थसहित हेटौंडा–१९ बस्ने अमृत घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घलानलाई बिस्फोटकपदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार झोलामा लुकाएर ल्याएको अवस्थामा ९० प्रीमियर ३२ एम एम ( एक्सप्लोसिभस कल्लास) २ लेखिएको बिष्फोटकपदार्थ १ थान, नेगोजेल–९०१, क्याप सेन्सेटिभ इमुल्सिओन एक्स्पोल्सिभ नामक बिस्फोटकपदार्थ एक थान, सेतो गिलो बिष्फोटकपदार्थ थान २ थान, सुन्तला रंगको बिष्फोटकपदार्थ जस्तो देखिने गिलोपदार्थ ३ थान, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको विद्युतीय डेटोनेटर ६ थान, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको विधुतीय डेटोनेटर २० थान गरी जम्मा ३३ थान र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर १४ थान साथै डेक्कोड रंगको तार ३ फिट ६ ईन्चको १ थान, ३ फिट ८ ईन्चको १ थान गरी २ थान फेला परेको हो ।