भारतबाट मासिक करोडको गाईको गोवर किन्दै नेपाल

साझाकुरा
२०८१ फाल्गुन २२, बिहीबार १०:५०

हेटौंडा- नेपालले भारतबाट गाईको गोबर किन्न थालेको छ । पशुपालन गर्नेको संख्या घट्दै गएपछि भारतबाट गाईको गोवर आयात हुन थालेको हो । भारतले गाईको गोवर निर्यात गर्ने शीर्ष ५ देशमा नेपाल पनि परेको छ । नेपालले चालु आर्थिक वर्षको ७ महिनामा ३ लाख ६७ हजार ४ सय ६१ केजी गोबर आयात गरेको छ । यो परिमाण रकममा भने ७ करोड ८ लाख ४३ हजार बराबरको भएको बताइएको छ । भन्सार विभागका अनुसार नेपालमा ‘एनिमल अर भेजिटेबल फर्टिलाइजर’ शीर्षकमा गाइवस्तुको मलमुत्रबाट बनेको गोवरमल आयात हुने गरेको छ ।

कृषिप्रधान देशको रुपमा रहेको नेपालमा पशुपालन पनि मुख्य पेशाका रुपमा रहँदै आएको छ । तर, नेपालमा तथ्यांकले नै मासिक करोडौं रुपैयाँको गाइवस्तुको मल आयात भएको देखाउँछ । भारतले आर्थिक वर्ष २०२३÷२४ मा ३८६ करोड भारतीय रुपैयाँ (६ अर्ब १७ करोड नेपाली रुपैयाँ) को गाईको गोबर अन्य देशमा निर्यात गरेको छ । यो तथ्यांक धेरैलाई अचम्म लाग्न पनि सक्छ । कृषि तथा अर्गानिक उत्पादनको बढ्दो मागका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय गोवर मलको ठूलो मागरहेको छ ।

गोबर किन्ने शीर्ष ५ देशमा माल्दिभ्स, अमेरिका, सिंगापुर, चीन र नेपाल रहेका छन् । यी देशमा भारतीय गाईको गोबर जैविकखेती, खाद्यउत्पादन, कागज उत्पादन र ऊर्जा स्रोतमा प्रयोग गरिने बताइएको छ । गाईको गोबर अर्गानिक खेतीका लागि उत्तम खाद्य मानिन्छ । यसबाट बायोग्यास उत्पादन गरिन्छ, जसले हरितऊर्जा उत्पादनमा मद्दत गर्दछ । धेरै देशमा गाईको गोबरबाट बनेको कागज, मैनबत्ती र सजावटका वस्तु लोकप्रिय छन् ।

गोवर निर्यातले भारतलाई आर्थिकरुपमा मात्र फाइदा पु¥याएको छैन, पशुमा आधारित अर्थतन्त्रलाई पनि बलियो बनाएको भारतीय अर्थबिद्ले बताएका छन् । गोबर किसानको आम्दानीको नयाँ स्रोत पनि बनेको छ । आगामी वर्षमा गोबर निर्यात अझ बढ्ने भारतका सरकारी अधिकारीले बताएका छन् । भारतीय गोवर प्याकेजिङ गरी नेपालमा बिक्री भइरहेको बताइएको छ ।पूर्वीय संस्कारमा गाईको गौमूत्र, गोबर सबै पवित्र मानेर प्रयोग गरिने भएकोले गाउँघरमा सबैतिर गाईपालन गरिन्थ्यो । मृत्यु संस्कार सम्पन्न भइसकेपछि चोखिनका लागि घरमा गौमूत्र छर्कने चलन छ ।

पूजाआजामा पनि गौमूत्रको प्रयोग हुन्छ । गौमूत्रमा औषधीय गुण हुन्छ भन्ने मान्यता रहेको छ । अहिले अग्र्यानिक खेतीबालीमा प्राकृतिक कीटनासकको रुपमा गौमूत्रको उपयोग गर्न थालिएको छ । केहीवर्ष अघिसम्म मकवानपुरको सीमभञ्ज्याङमा छाडा छोडिएको गाईको गौमूत्र औषधिको रुपमा सेवन गर्नका लागि दीर्घरोगीहरु आउने गरेका थिए ।ग्रामीणक्षेत्रमा घर लिपपोत गर्नका लागि गाईको गोबर प्रयोग गरिन्छ । गोबरले लिपपोत गरेपछि घर पवित्र र सफा हुन्छ भन्ने मान्यता छ । गोबरमा पकाएको खानेकुरा स्वस्थ्यकर मानिने भएकोले नेपालका तराइक्षेत्रमा अझै पनि गुइठा बालेर खानेकुरा पकाइन्छ । गोबरमा पर्याप्त मात्रामा खनिज तत्व हुनुका साथै यसमा फोस्फोरस, नाइट्रोजन, चुना, पोटाश, म्याग्नेसियम, आइरन, सिलिकन, एल्म्युनियमको मात्रा पाइन्छ ।

गोबरमा अधिक मात्रामा खनिज रहेको हुदाँ यसले माटोलाई उर्बरा बनाउने कृषिबिज्ञहरु बताउँछन् । गोबरले स्वास्थ्यसम्बन्धी विभिन्न फाइदा गर्ने मान्यता छ । हातखुट्टा वा शरीरको कुनै अ· जलेमा जलेको भागमा गोबर लगाउनाले जलन कम हुन्छ । मलेरिया, डेंगु वा सामान्य ज्वरो आएमा गाईको गोबरलाई गुईठा बनाएर सुघ्नाले पनि लाभ मिल्ने बताइन्छ । गाइको गोवरको महत्व धेरै भएपनि सहरीया समाजमा गाइपालन शुन्य भएको छ । गोवर र गौमूत्र भारतबाट आयात गर्न थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*