राप्ती खोलामा डुबेर एकजनाको मृत्यु

साझाकुरा
२०८१ फाल्गुन २६, सोमबार ११:५१

हेटौंडा- हेटौंडा–१ स्थित राप्तीखोलामा डुबेर हेटौंडा–५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार दिउँसो २ जना साथीसँग पौडी खेल्न राप्ती खोलामा पुगेका हेटौंडा–५ बस्ने करिव १७ वर्षीय प्रियांशु आचार्यको मृत्यु भएको हो । उनी आफ्ना २ जना साथीसँग पौडी खेल्न त्यहाँ पुगेका थिए । बेहोस अवस्थामा उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*