अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको ३ वटा वडामा फैलिएको अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा आएको छ । हेटौंडाको १, ११ र १७ नं.वडामा किसानले पालेको बंगुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको हो ।प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बंगुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिभर नियन्त्रणमा आएको पशुसेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिएका छन् । गएको मङ्सिरदेखि फैलिएको स्वाइन फिभरबाट हेटौंडा उपमहानगरका ३ वटा वडामा किसानले पालेका दुई सयभन्दा धेरै बंगुर मरेका थिए ।
एएसएफ भाइरसका कारण देखापर्ने स्वाइन फिभर रोग सन् २०२२ मा काठमाडौंको कागेश्वरी मनहरामा पहिलोपटक देखिएको थियो । नेपालमा हाल १ लाख ५८ हजार ८ सय वटा बंगुर रहेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । स्वाइन फिभर रोग लागेमा बंगुरको शरीरमा रगतको धब्बा देखिने, १०५ डिग्री फरेनहाइट भन्दा माथि उच्चज्वरो आउने, रगतमासी देखिने, श्वास फेर्न गा¥हो हुने, खाना नखाने र गर्भ तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयका प्रमुख ठाकुरले बताए ।
तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाइएको प्रमुख ठाकुरले बताए । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।पशुसेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । साथै जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको छ ।