१० औँ हेटौंडा भेट्रान्स कपः किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

साझाकुरा
२०८१ फाल्गुन २६, सोमबार १२:१०

हेटौंडा- हेटौंडामा जारी दसौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् । आइतबार हेटौंडा–४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिताअन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौंडा भेट्रान्स क्लबलाई ५–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो २ बजे फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्सबीच हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपबिजेताले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । यस्तै विधागत खेलाडी सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*