थाहानगरमा हावाहुरीले घरको छाना र तरकारीका टनेल उडायो : प्रतिघर ३० हजार रुपैयाँ राहत दिइने

साझाकुरा
२०८१ चैत्र १, शनिबार १२:२५

हेटौंडा, १ चैत÷ मकवानपुरको थाहा नगरपालिकामा बिहीबार बेलुकाको हावाहुरीले दर्जनौं घरका छाना र तरकारीका प्लास्टिकका टनेल उडाएको छ ।थाहा नगरपालिका–३ र ४ वडाका करिब सय घरको जस्तापाताको छाना र करिब ८० वटा टनेल हावाहुरीले उडाएको थाहा नगरपालिका सूचना अधिकृत सुरज भुजेलले बताए । ‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’ उनले भने । बिहीबार बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तीखोला भैरव मन्दिरमाथिको क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरको छाना उडाएको छ ।

प्लास्टिकको टनेलमा ५० वटा भन्दा बढी उडाएको स्थानीय अगुवा कृषक सुदर्शन विष्टले भने, ‘हावाहुरीले घरको छाना मात्र उडाएन तरकारीखेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’ थाहा नगरपालिका–३ मा निर्माणाधीन कोल्ड स्टोरको जस्तापाताको छाना पनि हावाहुरीले उडाएको छ । हावाहुरीले थाहा नगरपालिका–४ को धारापानी, नयाँगाउँ र ३ नम्बर वडाको घर्तीखोलासहित करिब सय घरभन्दा बढीको छाना उडाएको छ भने ८० भन्दा बढी तरकारीका प्लास्टिकका टनेल क्षतिग्रस्त बनाएको छ ।

बुधबारको हुरीबतासले थाहा नगरपालिका–६ बज्रबराहीमा पनि घरको छाना उडाउनुको साथै तरकारीखेतीमा क्षति पु¥याएको थियो । ‘हावाहुरीले के कति क्षति ग¥यो भनेर एकिन तथ्यांक आइसकेको छैन, तथ्यांक लिँदै छौं’, सूचना अधिकारी भुजेलले भने । यसैबीच शुक्रबार बसेको थाहानगर बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले क्षतिको लगत संकलन गरी प्रतिघर ३० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*