फोनिज बागमती प्रदेशमा पुनः श्रेष्ठ चयन

हेटौंडा-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ चयन भएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । फोनिज बागमती प्रदेश समितिमा मकवानपुरका दिलबहादुर लामा, निशा गुरुङ र अशोकसुजन श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश समितिको उपाध्यक्षमा दिलबहादुर, महिला सचिवमा निशा र लेखा समिति संयोजकमा अशोकसुजन निर्वाचित भएका हुन् ।
फोनिज बागमती प्रदेश समितिमा महिला उपाध्यक्षमा अनिता डंगोल, महासचिवमा राजु नापित, संस्थागत सचिवमा हीरालाल गुरुङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् । फोनिज बागमती प्रदेश समितिको सदस्यमा वावुकाजी श्रेष्ठ, उद्भवकुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापती, रवि महर्जन, जर्नेल घले, तेजनाहिरिङ राई, श्यामलाल लामा, विशालराज राई चयन भएका छन् । लेखासमितिमा नीरबहादुर तामाङ, अनुशासन समिति सदस्य प्रदीपकुमार श्रेष्ठ, संघीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ, राजेश रुम्बालामा, श्याम रानामगर निर्वाचित भएका छन् ।