थाहामा वारिष्टा तालिम सम्पन्न

हेटौंडा-युवालक्षित सीप विकास तालिम अन्तर्गत थाहा नगरपालिकाले सञ्चालन गरेको १५ दिने वारिष्टा तालिम सम्पन्न भएको छ ।शनिबार सयपत्री होटल ओखरबजारमा तालिम समापनमा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीले सिकेको सीपलाई व्यवहारमा उतारेर उद्यमी बनि आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरेका छन् । उनले प्रमाणपत्र सिरानीमुनी नराखी सीप सिकेकाले नगरपालिका क्षेत्रभित्र व्यवसाय गरेमा थप सहयोगका लागि थाहा नगरपालिकाले कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास शाखाप्रमुख अनिल लामिछानेले सहभागीले व्यवसायमा सक्रियता बढाएमा थप प्रशिक्षण आयोजना गरी सीपपरीक्षण गराउन सहयोग गर्ने बताए ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले युवापुस्तामा बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर थाहा नगरपालिकाद्वारा गरिएको कफिमेकर तालिम अर्थपूर्ण रहेको बताए । सहभागीले तालिम अबधी कम भएको गुनासो गर्दै कम समयमा पनि धेरै कुरा सिक्न पाएकोमा प्रशिक्षक र आयोजकलाई धन्यवाद दिएका थिए । सहभागीलाइ प्रमुखअतिथि नगरउपप्रमुख गोपालीले प्रमाणपत्र प्रदान गरेका थिए । थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य पवित्रासिंह ठकुरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीलगायत उपस्थिति रहेको थियो ।