सारुमगर र अधिकारीलाई भरतपुर मेयर दाहालको बधाई

हेटौंडा-नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीलाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिएकी छिन् ।नवनिर्वाचित प्रदेश अध्यक्षद्वय सारुमगर र अधिकारीलाई आइतबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा उनले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिन् । भरतपुर महानगरपालिका सधैं मिडियामैत्री भएको बताउँदै मेयर दाहालले पत्रकारको हकहितका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । समग्र भरतपुरको विकासमा मिडियाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै मेयर दाहालले पत्रकार महासघ, प्रेस सेन्टर नेपाललगायतका सञ्चार संस्थासँग हातेमालो गर्दै महानगरपालिका अघि बढ्न तयार रहेको बताइन् ।
स्वागत सम्मान कार्यक्रममा नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष मगरले पत्रकार महासघ भरतपुर महानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउँदै कार्ययोजना प्रस्ताव गरे । मेयर दाहालले केही समयभित्रै भरतपुरमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने तयारी रहेको जानकारी दिइन् । कार्यक्रममा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष अधिकारीले भरतपुर महानगरपालिका देशभर उत्कृष्ट महानगर बन्न सफल भएकोमा बधाई ज्ञापन गरे । अधिकारीले भरतपुर महानगर विकासको चर्चा गर्दै मेयर दाहालको सफलताको प्रशंसा गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, केन्द्रीय सदस्यद्वय प्रकाश ज्ञवाली र ध्रुवराज ढकाल, प्रेस सेन्टर नेपालका नेता रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।