मकवानपुरमा ७ हजार भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिंंदै

साझाकुरा
२०८१ चैत्र ४, मंगलवार ११:१२

हेटौंडा, ४ चैत÷ मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । चैत्र ७ गते बिहीबारदेखि सुरुहुने परीक्षामा नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना विद्यार्थीले सहभागिता जनाउन लागेका हुन् । यसवर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा दिँदैछन् । परीक्षाको लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिएका छन् । गतवर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा यसवर्ष कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले बताए । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा परीक्षा केन्द्र कायम भएको उनले जानकारी दिएका छन् ।

कैलाश गाउपालिकाले एसईई दिने विद्यार्थीको लागि आवसीय क्षात्रबासको व्यवस्थागरेको छ । गाउँपालिकाको लगानीमा पालिकाबाट एसईई परीक्षाको लागि सहभागी हुने १४९ जना नियमित र ६७ जना ग्रेडबृद्धिका लागि सहभागी हुने २१६ जना विद्यार्थीको लागि खाना तथा बस्ने व्यवस्थागरेको हो । यसवर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मावि फापरबारी, बकैया गाउँपालिकाअन्तर्गत बुद्ध मावि हात्तीसँुडे र महेन्द्र मावि छतिवन, जनकल्याण मावि पालुङ, महेन्द्र मावि भीमफेदी, मत्स्यनारायण मावि पालुङ, सरस्वती बालबोधीनी मावि मार्खु, बज्रबाराही मावि, राष्ट्रियरोटरी मावि मनहरी, महेन्द्रकिरण मावि मनहरी परीक्षा केन्द्र कायम भएका छन् ।

महेन्द्रकिरण मावि हेटौंडा–३ बसामाडी, निर्मल मावि बस्तीपुर, वंशगोपाल मावि चौघडा, आधुनिक राष्ट्रिय मावि हेटौंडा–४, ज्ञानदा मावि हेटौंडा–१०, बालज्योति मावि हेटौंडा–५ पिप्ले, सिद्धार्थ मावि हेटौंडा–२, भुटनदेवी मावि हेटौंडा–४, जिएस निकेतन हेटौंडा–५, सोलिड्यारिटी बोर्डिङ स्कुल हेटौंडा–१०, प्रगति मावि हेटौंडा–९, जनप्रिय मावि हेटौंडा–१६, अमर मावि हेटौंडा–१, श्रमिक मावि हेटौंडा–४, चन्द्रोदय मावि हेटौंडा–८ र प्रजाजागृति मावि राक्सिराङ र कैलाश गाउँपालिका–९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

हेटौंडाका श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि मात्रै केन्द्र तोकिएको छ । उनका अनुसार सबै स्थानीय तहमा केन्द्राध्यक्षलाई प्रशिक्षण दिएर खटाइएको छ । एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको प्रमुख गिरीले जानकारी दिए ।प्रमुख गिरीले टाढारहेका सबै पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको जानकारी दिँदै नजिकका केन्द्रमा पनि मंगलबारसम्म पु¥याउने तयारी रहेको बताए । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी ‘इलेक्टिभ इङ्लिस’ को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवम् संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ ९अक्षराङ्कन० प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन हुने परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*