सानाकिसानको स्थापना दिवस गुरुकूलका बटुकसँग

साझाकुरा
२०८१ चैत्र ४, मंगलवार ११:१६

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले १५ औं स्थापना दिवस गुरुकूलका बटुकसँग मनाएको छ ।सहकारीले सोमबार हेटौंडा–१८ ठुलोदमारस्थित श्रीवैदिक संस्कृत गुरुकूलमा एकदिनको खाना खुवाएर स्थापना दिवस मनाएको हो । आश्रमका १६ जना बटुकलाइ खाना खुवाइएको सहकारी अध्यक्ष रेखा खतिवडाले बताइन् । सहकारीले भावी दिनमा थप नवीतम र आकर्षित सेवा उपलब्ध गराउन बचतकर्ता र सहकारी सदस्यको सहयोगका लागि उनले अपिल गरेकी छन् ।

यसअघि सहकारीले स्थापना दिवसमा वृद्धाश्रममा खाना खुवाउने तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने गरेको थियो । सहकारीमा १ हजार ५६ जना महिला सदस्य आवद्ध छन् । सहकारीमा २ सय १४ समूह छन् । जसमा १ हजार १७ सय जनाले नियमित बचत गर्छन् । सहकारीको शेयरपुँजी १ करोड १० लाख रुपैयाँ रहेको छ । १ करोड २४ लाख ३० हजार ९ सय १८ रुपैयाँ जगेडाकोष, निक्षेप संकलन ६ करोड ४६ लाख ४२ हजार ६ सय ८८ रुपैयाँ र ३८ लाख रुपैयाँ सहकारीको कूलनाफा रहेको संस्थाका व्यवस्थापक माधव पुडासैनीले बताए ।

त्यस्तै मल, बीउ विक्री वितरण, दूध संकलन, बजारीकरण, कृषिऔजार वितरण, धान पकेट, मकै पकेट, दाना चोकर वितरण जस्ता सेवा सहकारीले दिँदै आएको उनले बताए । सहकारील दैनिक १४ सय लिटर दूध सकलन गर्ने गरेको व्यवस्थापक पुडासैनीले बताए । सहकारीको लगानी १७ करोड १२ लाख ४१ हजार ६ सय ४५ रुपैयाँ रहेको छ । जम्मा कारोबार २० करोड रुपैयाँ रहेको छ ।

संस्थाले पशुजन्य सेवा, पशुपालन कर्जा, बागमती प्रदेश अन्तर्गतको सहुलियतपूर्ण कर्जा, ग्रामीणउद्यम कर्जा, लघु प्रबद्र्धन कर्जा ऋणसेवा दिइरहेको छ । कार्यक्रममा आश्रमका अध्यक्ष खेटराज दुलाल, आश्रमका प्राचार्य खगेन्द्र कोईराला, ज्योति मावि हर्नामाडी व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, गुरुकूल उपाध्यक्ष जीतेन्द्र नेपाल, सहकारीका सल्लाहकार केशवराज पण्डित लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*