मनहरीका अनिल र अशोक गाँजासहित नेवारपानीबाट पक्राउ

साझाकुरा
२०८१ चैत्र ४, मंगलवार ११:२०

हेटौंडा-मकवानपुर प्रहरीले नेवारपानीबाट लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मनहरी गाउँपालिका–५, डिल्लीपुरका ३० वर्षीय अनिल तामाङ र २४ वर्षीय अशोक बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीले हेटौंडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डअन्तर्गत चितवनबाट हेटौंडा आउँदै गरेको ना ७ ख ४५७३ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले अनिल र अशोकको साथबाट १० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित अनिल र अशोक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*