दोस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक

साझाकुरा
२०८१ चैत्र ५, बुधबार १०:५५

हेटौंडा- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार मन्त्रालयले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कुल बजेटको ३६ दशमलव २४ प्रतिशत रकम खर्च गरेको छ । चालूतर्फ कुल बजेटको ३९ दशमलव ०९ प्रतिशत र पूँजीगततर्फ १९ दशमलव ८६ प्रतिशत खर्च गरेको मन्त्रालयका प्रवक्ता डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

कार्यालयगतरुपमा ६५ प्रतिशतसम्म वित्तीय प्रगति भएको उनले बताए । आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ । यस अवधिमा मन्त्रालयले प्रदेश जनसंख्या नीति र प्रदेश स्वास्थ्यक्षेत्र रणनीतिक योजना तयारका लागि मस्यौदा तयार पारेको छ । सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति लगायत लक्षित वर्गका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ८ करोड २५ लाख रकम स्वास्थ्य बीमा कार्यालय बागमती प्रदेशलाई भूक्तानी गरेको छ ।

यसका साथै सीमान्तकृत तथा लोपोन्मुख समुदायमा पूर्णखोप लगाएका बालबालिकाका आमालाई उत्प्रेरणास्वरुप ५ हजार प्रदान गरेको छ । मन्त्रालयले प्रदेशका ५ वटा स्थानीय तहलाई ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको प्रवक्ता गेलालले बताए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संघीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए ।मन्त्रालय मातहत रहेका सबै प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय र आयूर्वेद तथा वैकल्पिक चिकित्सालयका सेवा सुधारमा उल्लेखनीय प्रगति भएको उनले दाबी गरेका छन् ।

मन्त्रालयले हालसम्म ८ सय ४८ सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम बिस्तार गरेको मन्त्री थापाले जानकारी दिए । मंगलबार नै मन्त्रालयले स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रणालीको शुभारम्भ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*