आगलागीबाट दर्लामीको १० लाख भन्दा बढीको क्षति

हेटौंडा-मकवानपुरगढी गाउँपालिका–२ बासपानी निवासी कृष्णबहादुर दर्लामीमगरको घर मंगलबार विहान जलेर नष्ट भएको छ । करिब साढे ९ बजेतिर घरमा खोले पकाउन बालेको आगोले घर जलेको वडा नं. २ का अध्यक्ष बखानसिं पाख्रिनले बताए । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरीटोली, बारुणयन्त्रकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको अध्यक्ष पाख्रिनले बताए ।
आगलागीबाट मगरको घर पूर्णरुपमा क्षती भएको भएको छ । अचल सम्पति जलेर नष्ट भएको उनले बताए । आगलागीपीडित मगरका अनुसार घरमा रहेको धान १५ मुरी, चामल १ बोरा, आलु ४ बोरा, सुनको तिलहरी, झुम्का, हातको बाला, बच्चाको कल्ली बाला गरी अन्दाजी ५ तोला सुन, लत्ताकपडा र भाँडा गरी दश लाख भन्दा बढीको क्षति भएको अध्यक्ष पाख्रिनले बताए । आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएको छ ।