व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने पक्षमा छौंः नगरप्रमुख लामा

हेटौंडा-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले रात्रिकालीन व्यवसायको पक्षमा उपमहानगर रहेको बताएकी छन् ।शनिबार भएको मकवानपुर होटेल एशोसियएनको १६ औं साधारण सभा एवम् ७ औं अधिवेशनमा बोल्दै उनले प्रदेश राजधानी हेटौंडामा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आपूmहरुको रहेको बताइन् । त्यसको लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबैपक्षले लिनुपर्ने उनको भनाई छ । नगरप्रमुख लामाले हेटौंडा सहरलाई मर्यादित, सुरक्षित बनाउने गरी होटेल व्यवसाय सञ्चालन गर्नुपर्ने बताइन् । उनले हेटौंडामा आएका पर्यटकलाई हेटौंडामै केहीदिन बस्नसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । नगरप्रमुख लामाले राप्ती र कर्रा खोलालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रक्रिया अघि बढिसकेको बताइन् ।
त्यसैगरी कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले पुराना ऐनमै टेकेर आपूmहरुले काम गर्नुपरेको बताएका छन् । संघ र प्रदेश सरकारको पर्यटन ऐनलाई संशोधनको लागि विगतदेखि आवाज उठाउँदा अहिलेसम्म संशोधन हुन नसकेकोमा उनले असन्तुष्टि जनाए । अध्यक्ष चुकेले पर्यटनको क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट कहाँ र कसरी खर्च हुन्छ आपूmहरुलाई नै थाहा नभएको बताएका छन् ।
यसैगरी मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालको पर्यापर्यटनलाई टेवा पुग्ने गरी होटल व्यवसाय सञ्चालन गर्नुपर्ने बताइन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उठाउन पहिचान भएका गन्तव्यको विकास गर्न जरुरी भएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाललाई पर्यटनको दृष्टिकोणले विश्वकै सुरक्षित र आकर्षक स्थानको रुपमा चिनाउनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा २ जना पुराना होटल व्यवसायी बुद्धिबहादुर लामा र अमृतरत्न मानन्धरलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी संस्थाको योगदानमा सहयोग पु¥याउने व्यक्तित्वलाई पनि कदरपत्र प्रदान गरिएको थियो । अधिवेशनले पुनः दिलिशगोविन्द जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा २ नं. वडा अध्यक्ष विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्याण), महासचिवमा हरिगोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमाप्रसाद रौनियार र सहकोषाध्यक्षमा रविन लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षका हुनेछ ।