रेवती र सुरेन्द्रको जोडी ब्याडमिन्टनमा उपाधि जित्न सफल

साझाकुरा
२०८१ चैत्र १०, सोमबार ११:४२

हेटौंडा-दोस्रो संस्करणको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुलातर्फरेवती कार्की र सुरेन्द्र श्रेष्ठको जोडीले जितेको छ । दीपक बुढाथोकी र रामप्रकाश प्रधानको जोडी भेट्रान्सतर्फको उपाधि जित्न सफल भएको छ । आइतबार हेटौंडा–११, थानाभ¥याङस्थित बुहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा खुलातर्फ रेवती कार्की र सुरेन्द्र श्रेष्ठको जोडीले नरेन्द्र मोक्तान र बीरु गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।

यस्तै भेट्रान्सतर्फ देव घिमिरे र विनोद राईको जोडीलाई दीपक बुढाथोकी र रामप्रकाश प्रधानको जोडीले २–० को सोझो सेटले हराउँदै उपाधी जितेको हो । खुलातर्फको उपाधि विजेता जोडीले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने भेट्रान्सतर्फको उपाधि विजेता जोडीले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्सतर्फको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गरेको छ । तृतीय हुने खुलाको टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरेका छन् ।

खुलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै अजय बजगाईं र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडी घोषित हुँदै मान बहादुर लामाले समान एक÷एक हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् । मकवानपुर जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष देव घिमिरेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका–१४ का वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो ।हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा नगर खेलकुद विकास समितिको समन्वयमा शुक्रबारबाट सुरु भएर आइतबार सम्पन्न भएको प्रतियोगितामा ६० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा खुलातर्फ ४१ टिम र भेट्रान्सतर्फ १९ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*