कुलमानलाई हटाइएको विरोधमा हेटौंडामा वाइसिएलको विरोध प्रदर्शन

हेटौंडा-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको नेकपा माओवादी केन्द्रको भातृ सगठन वाइसिएल मकवानपुरले विरोध जनाएको छ । हेटौंडाको सीमाचोकमा टुकी बालेर साकेतिक विरोध जनाइएको हो । सीमाचोकबाट निस्किएको बिरोध¥याली बुद्धचोक, पिपलबोट हुँदै मकवानपुर उद्योग वाणिज्य संघ अगाडि पुगी पुनः कान्तिलोकपथ, स्कुलरोडलगायत बजारका मुख्यचोक परिक्रमा गर्दै पुनः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । कुलमानलाई हटाईको बिरोधमा वाइसिएल मकवानपुरले उर्जामन्त्री दीपक खड्काको राजिनामा समेत मागेको छ ।
¥यालीमा वाइसिएल मकवानपुरका अध्यक्ष लवराज ठकुरी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भीम पाख्रिन, लगायत भिभिन्न जनवर्गीय सगठनको सहितका नेता कार्यकार्ताको सहभागिता रहेको थियो । कोणसभामा सहभागीले घिसिङलाई पदबाट हटाएर सरकारको सुशासनको धज्जी उडाएको आरोप लगाएका थिए । यसैबीच खोपेगल्लीमा उर्जामन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा एकजना प्रहरी सामान्य घाइते भएका छन् ।