जनता समाजवादी नेपाल मकवानपुरमा विवाद

साझाकुरा
२०८१ चैत्र १४, शुक्रबार १०:५७

हेटौंडा- जनता समाजवादी नेपाल मकवानपुरको जिल्ला अधिबेशनको विषयलाई लिएर विवाद सृजना भएको छ । बिधिविधान र बिना जानकारी मनोमानी ढंगले अधिवेशन गर्न लागिएको भन्दै विरोध भएको हो । बिहीबार पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष सोमबहादुर घलानले सशक्त ढंगले आफ्नो गतिबिधि अगाडि बढाइरहँदा पनि केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले व्यक्तिगत रिस साँधेर पार्टीलाई जबर्जस्त आन्तरिक विवादमा फसाई लथालि· पारिदिएको आरोप लगाएका छन् ।

मनोमानीपूर्णढंगले व्यक्तिकेन्द्रित हुने अधिवेशनको घोर भत्सर्ना गर्ने प्रेस विज्ञप्तिमार्फत् जनाइएको छ । संगठन विभागको विधिलाई समेत बेवास्ता गरी केही अराजक तत्वहरु जिल्ला अधिवेशन गराउन लागिपरेकोले त्यसतर्फ सचेत रहन पनि आग्रह गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष सोमबाहादुर घलान, सचिव दीपक सिन्तान सहितको हस्ताक्षरित प्रेस विज्ञप्तिमा विवादित कार्यक्रममा राजनीतिक दल, राज्य संयन्त्र, पार्टी नेतृत्वपंक्ती, पार्टी सदस्यहरु, पार्टी समर्थक र आम जनसमुदायमा कार्यक्रममा उपस्थित नहुन समेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*