लियो जिल्ला परिषद् उपाध्यक्षमा पृथ्वीको उम्मेदवारी

साझाकुरा
२०८१ चैत्र १५, शनिबार ०७:५६

हेटौंडा-नेपाल लियो जिल्ला परिषद् उपाध्यक्षमा पृथ्वी नेपालले उम्मेदवारी दिएका छन् । आगामी बैशाख ६ गते हुने नेपाल लियो जिल्ला परिषद् ३२५ एस नेपालको सन् २०२५÷२६ कार्यकालका लागि उपाध्यक्षमा नेपालले उम्मेदवारी दिएका हुन् ।विगत एक दशकदेखि सामाजिक कार्यमा सक्रिय लियो क्लबमा आवद्ध रहेका हेटौंडाका नेपालले शुक्रबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनले लियो क्लबलाई आफ्नो दोस्रोपरिवार भएको बताउँदै, अनुभव बटुल्ने, सिक्ने र सिकाउने अवसर पाएको बताएका छन् ।

नेपालले लियो क्लबलाई थप आकर्षक र ऊर्जावान बनाउन आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै सबै साथीहरुको साथ र समर्थनको अपेक्षा राखेका छन् । उपाध्यक्ष पदको प्रतिस्पर्धामा उनीसँग अभिषेक तम्राकार रहेका छन् ।नेपाल लियो जिल्ला परिषद ३२५ एस नेपालको निर्वाचन बैशाख ६ गते हेटौंडामा हुँदैछ, जसमा विभिन्न पदका लागि प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*