कपडा व्यवसायी संघमा बानियाँ

हेटौंडा-कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दीपेन्द्र बानियाँ सर्वसम्मत चयन भएका छन् ।संघको शनिबार भएको ११ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले बानियाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पवन दुलाल र मधुसुदन अर्याल, महासचिवमा सन्तोष घिमिरे, सचिवमा ओमप्रसाद चौलागाई, कोषाध्यक्षमा सीता तिमल्सिना र सहकोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा उज्वल खनाल, नारायणकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद लामिछाने, नारायणप्रसाद दाहाल, सौरभ श्रेष्ठ, सुदर्शन सुवेदी, लक्ष्मी गौतम र लिलाकुमारी आचार्य निर्वाचित भएका छन् ।साधारणसभा तथा अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष नेत्रप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको पनि आतिथ्य रहेको थियो । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरमा ३ सयभन्दा बढी व्यवसायी आवद्ध छन् ।